पोखरा न्युरोडको एस एण्ड एस कम्प्लेक्स र महेन्द्रपुल नोभा कम्प्लेक्सको घरभाडामा छुट हुने भएको छ ।
घरभेटी सबी सेरचनले चैतको घरभाडामा ५० प्रतिशत छुट दिइने जानकारी दिइन् । कोरोना भाइरसका कारण विश्वव्यापी महासंकट सिर्जना हुँदा केही राहत होस् भनी यस्तो निर्णय गरेको उनले बताइन् ।
देश नै लकडाउन भएपछि उद्योगी, व्यवसायीले घरभाडा र बैंकको व्याज र किस्तामा छुट माग गरिरहेका छन् ।
पछिल्लो समय कोरोना भाइरसका कारण सम्पूर्ण देश नै लकडाउनको अवस्थामा पुगेकाले भाडामा बस्ने तथा व्यवसाय गर्नेहरुलाई राहत होस् भनेर यस्तो निर्णय गरिएको घरभेटी शवी शेरचनले जानकारी दिइन् । ‘यो अवस्थामा राहतको अवस्था छ,’ उनले भनिन् ।






