तेजनारायणले दिए १ महिनाको पेन्सन

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई तेजनारायण अधिकारीले एक महिनाको पेन्सन प्रदान गर्ने भएका छन् ।

अधिकारी सेवा निवृत्त संघ नेपालका उपाध्यक्ष र पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्षसमेत हुन् । उनले पेन्सन वापत एक महिनाको २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । देशले संकटको सामना गरिरहेका बेला आफनो तर्फबाट सक्दो सहयोग गरौ भन्ने भावनाले रकम दिने बताए ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण तथा उपचार कोर्ष स्थापना गरेको छ । उक्त कोषमा सहयोग इच्छुकले सहयोग गर्न सक्ने सरकारले जनाएको छ ।