समाचार

गाउँ चिनाउने र पाहुना बोलाउने काइदा : घोडा दौड

कास्कीको पर्यटकीय गाउँ घान्दु्रकमा फागु् पूर्णिमाको अवसरमा तेस्रो संस्करणको घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आगामी २६ गते अन्नपूर्ण गाउँपालिका ११ मा विविध सांस्कृतिक कार्यक्रमसँगै घोडा दौड प्रतियोगिता आयोजना गरिने आइतबार घान्दु्रकमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । समिति अध्यक्ष राजबहादुर गुरुङले मौलिक संस्कृति तथा चाड संरक्षणसँगै पर्यटन प्रबद्र्धनमा सघाउ प¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘नेपाल सरकारको भ्रमण वर्ष… पुरा पढौ

जोमसोममा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

मुस्ताङ सदरमुकाम जोमसोमका आगलागी पीडित २ परिवारलाई आईतबार आर्थिक सहयोग गरिएको छ । साविक जोमसोम गाविस वडा नं. ८ का स्थानीयबासी तथा भाडामा बस्ने मानिसले पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् । साविक जोमसोम गाविस ८ का स्थानीय मिना शेरचन ,सृजना शेरचन ,कान्छी थकाली,प्रमिला थकाली ,ढोका पुन र जिना श्रेष्ठको सक्रियतामा आर्थिक सहयोग जुटाईएको हो । उनीहरुले आफ्नो वडाबाट ४६ हजार १ सय ५० रुपैया आर्थिक संकलन गरी पीडित परिवारलाई… पुरा पढौ

बास्कोटालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको आरोप लगाएका थिए । नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर… पुरा पढौ

शौच गर्न निस्किएका वृद्धमाथि गोली प्रहार

महोत्तरीमा वृद्धमाथि गोली प्रहार भएको छ । आइतबार बिहान २ बजे शौचालय गएका महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर–३ का ६१ सहदेवप्रसाद यादवमाथि अपरिचित व्यक्तिले गोली प्रहार गरेका हुन् । छातीमुनि गोली लागेको घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् । घटना कसले र किन गरायो भन्ने भन्ने बारे अनुसंधान भईरहेको प्रहरीले जनाएको छ। पुरा पढौ

राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गिण विकासका लागि महायज्ञ

पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गिण विकास एवम् धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु गरिएको छ । महायज्ञको पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले उद्घाटन गरेका थिए । अधिकारीले शान्ति र मेलमिलाप बिना समाज अघि बढ्न नसक्ने बताउँदै अहङकार, लोभ, इष्र्या जस्ता कुरा त्याग्नु पर्ने बताए । संस्कृति र धर्मको रक्षाका लागि यस किसिमका महायज्ञले महत्वपूर्ण योगदान गर्ने… पुरा पढौ

मुस्ताङको जोमसोममा आगोलागी हुदा ७० लाख क्षति

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर –४ जोमसोममा शनिबार राति एक घरमा आगोलागी हुदा करिव ७० लाख बरामरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । स्थानीय मनोज गोतामेको घर भाडामा लिई फेन्सी पसल संञ्चालन गरेकी स्थानीय सोममाया ल्वागुनको पसलमा गएराति १० बजे आगोलागी भएको प्रहरी निरीक्षक बिनोद सुवेदीले जानकारी दिए । फेन्सी पसलमा बिद्युत सट भई आगोलागी भएको हुनसक्ने प्रहरी निरीक्षक सुवेदीको अनुमान छ । आगोलागीबाट… पुरा पढौ

आजको राशिफल (२०७६ फाल्गुन १८ गते आइतबार)

https://www.youtube.com/watch?v=462hF5QPePA आजको पञ्चांग आज मिति २०७६ फाल्गुन १८ गते आइतबार, इस्वीसंवत मार्च १ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको षष्ठी तिथि २ घटि १२ पला अर्थात बिहानमा ७ बजेर २३ मिनेटसम्म त्यसउप्रान्त सप्तमी तिथि लाग्नेछ । आज रोहिणी नक्षत्र, विष्कुम्भादि योगमा ऐंन्द्र, करणमा… पुरा पढौ

अर्जुनचौपारी पोखरा समाजमा भवानीशंकर

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबाट पोखरामा आई अस्थायी एवं स्थायी रुपमा बसोबास गर्नेहरुको संस्था अर्जुनचौपारी पोखरा सम्पर्क समाजको दोस्रो अधिबेसनले डा भवानीशंकर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । प्रथम उपाध्यक्षमा जमुना काफ्ले चापागाईं, द्दितीय उपाध्यक्षमा गोबिन्द काफ्ले, तृतीय उपाध्यक्षमा डुकप्रसाद काफ्ले राजु, सचिवमा गोबिन्दप्रसाद सापकोटा, कोषाध्यक्षमा कमलप्रसाद अर्याल, सहसचिवमा अनुजा गुरुङ र सहकोषाध्यक्ष मा पूर्णबहादुर रोका छन् । सदस्यमा अम्बिका घिमिरे अमृत, महेश्वर रिमाल, प्रेम क्षेत्री, लालप्रसाद गिरी, लालप्रसाद चापागाईं, कृष्ण… पुरा पढौ

पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन

पाल्पा चिनाउन पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा डिजिटल स्क्रिन स्थापना गरिएको छ । पाल्पाली समाज पोखराको पहलमा लेकसाइडस्थित बाराहीचोकमा स्थापित सो स्क्रिनको शनिबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले संयुक्त उद्घाटन गरे । पाल्पा र पोखरा दुवैको समग्र पर्यटन प्रवद्र्धनको लागि २२ लाख रुपैयाँ लागतमा सो स्क्रिन स्थापना गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । आन्तरिक एवं बाह्य पर्यटक भीडभाड रहने बाराहीचोकमा स्थापित सो स्क्रिनमा… पुरा पढौ

हिमालयन बोर्डिङको वार्षिकोत्सव

पोखरा १७ घारीपाटनमा रहेको हिमालयन बोर्डिङ स्कुलले बिहीबार १४ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा यस शैक्षिक शत्रमा शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको थियो । सभामा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिक्षाप्रेमी र लामो अनुभव भएका व्यक्तिहरुले सञ्चालन गरेको हिमालयन जस्ता विद्यालयले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको बताए । सरकारको ठूलो लगानी भएका सरकारी विद्यालयले शैक्षिक गुणस्तर सुधार र व्यवस्थापनको शैली निजी विद्यालयबाट सिक्नुपर्नेमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं