गुणादी तनहुँमा दोस्रो फ्रेन्ड्शिप कप २०७६ सुरु

श्री फ्रेन्ड्शिप युवा क्लब, म्याग्दे ०१, गुणादी, तनहुँको आयोजनामा “समाज परिवर्तन को लागि युवा परिचालन ” (“Youth Movement For Social Change”) भन्ने मुल नाराका साथ दोस्रो फ्रेन्ड्शिप कप २०७६ ( 7A) साइड नक आउट फुटबल प्रतियोगिता म्याग्दे १, तनहुँ, तल्लो गुणादी खेल मैदानमा फाल्गुन १८ गतेदेखि सुरु भएको छ ।

फाल्गुन २५ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रूपया, सिल्ड , मेडल र प्रमाणपत्र तथा दित्तीय हुनेलाइ ५५ हजार ५ सय ५५ रूपया, सिल्ड , मेडल र प्रमाणपत्र त्यस्तै उत्कृष्ट खेलाडि , उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई क्रमश ५ हजार नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार राखिएको छ । प्रतियोगिताको उद्घाटन म्याग्दे गाउँपालिकाकी प्रमुख मायादेवी रानाले गरेका थिए र उनी सङ्गै बिशिष्ठ अतिथी म्याग्दे १, तनहुँका वडा अध्यक्ष शिव शरण वाग्लेले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितामा २१ टिमको सहभागीता रहेको आयोजक क्लबका सचिव अनिल अधिकारीले नेपालदुत लाई उद्दृत गरेका छन् ।

यस प्रतियोगिताबाट बिभिन्न ठाउका युवाहरुले बिभिन्न टिम मार्फत आफ्नो उत्कृष्ट खेल पर्दशन गर्ने मौका पाउनुका साथै बिभिन्न टिमका साथीहरु सँग मित्रता प्रगड बनाउने अवसर प्राप्त गर्नेछन । त्यती मात्र नभै यस कार्यले मानसिक तनाब बाट मुक्त गर्ने, शारिरिक व्यायाम हुने, मनोरन्जन प्राप्त हुने र भोली गएर आफ्नो गाउ(ठाउ, जिल्ला हुँदै राष्ट्र लाई पनि खेल्कुदको क्षेत्रमा चिनाउने अभियानमा युवा हरुलाई हौसला प्रधान गर्न आयोजक क्लबका बर्तमान अध्यक्ष श्री दुर्गा राज मगर लागी परेका छन् ।

प्रथम फ्रेन्डसीप कप २०७५ मा जस्तै जनस्तर, वडा, गाउपालिका र आयोजक क्लब्का सदस्यहरुबाट आवस्यक सहयोग र साथ एवम सम्पुर्ण सहभागिता जनाउने टिमबाट सभ्य र अनुशासित ढङ्गबाट उत्कृष्ट खेल प्रस्तुत हुनेमा आयोजक बिश्व्स्त रहेको आयोजक क्लबका सदस्य निर्दोष वाग्लेले बताएका छन् ।

पुर्व सभामुख नेपाली काङ्ग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेल द्वारा समुद्द्घाटन भएको २०७५ भाद्र १ गते देखी २०७५ भाद्र १० गते जनै पुर्णिमाको दिन सम्म सम्पन्न प्रथम फ्रेन्डसीप कप २०७५ (7A) साइड नक आउट फुटबल प्रतियोगिताको विजेता लोकत्रान्तिक युवा क्लब, चापाघाटले नगद पुरस्कार ७५,७५०, ट्रफी, मेडल र प्रमाणपत्र हात पर्न सफल भएको थियो भने उप बिजेता हैरान्स क्लब, दमौलीले नगद पुरस्कार ३५,३५०, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुजाएको थियो । प्रथम फ्रेन्ड्शिप कपको विजेता लोकत्रान्तिक युवा क्लबमा २ जना बिदेशी खेलाडिको पनि सम्लग्नता रहेको थियो र खेलको मुख्य आकर्षण बन्न सफल भएका थिए ।