वडाध्यक्ष नै भारतीय नागरिक !

भारतीय नागरिक नेपालमा जनप्रतिनिधि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी परेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारत र नेपाल दुवै देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।

भारतीय मतदाता सूचिमा वडाध्यक्ष चौधरी र उनका बुवा हिरा चौधरीको नाम समेत देखिएपछि स्थानीय हरिश्चन्द्र ठाकुरले उजुरी दिएका हुन् ।

स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा विजयी भएका चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको प्रमाण फेला परेको उजुरीमा उल्लेख छ ।

उनीहरूले सन् २०१९ मा भारतको लोकसभा निर्वाचनमा मतदान समेत गरेको खुलेको छ ।