समाचार

काभ्रेमा बस दुर्घटना हुँदा ४४ घाइते

काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । बुधबार बिहान रामेछापको गुराँसेबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ७१०२ नम्बरको बस विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिएका छन् । पुरा पढौ

पत्रकार डेकेन्द्र थापा हत्याका आरोपीत १५ वर्षपछि पक्राउ

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १५ वर्षपछि हत्याका मुख्य आरोपितलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये फरार रहेका दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको… पुरा पढौ

जिप दुर्घटनामा ३ को मृत्यु

 सुर्खेतमा यात्रु वाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप वीरेन्द्रनगर १५ राउटे गल्छेना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खस्दा जीपमा सवार सात जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी चार जना गम्भिर घाइते भएका छन् ।  मृत्यु भएकाहरुको पहिचान… पुरा पढौ

आजको राशिफल (२०७६ फाल्गुन २१ गते बुधबार)

https://www.youtube.com/watch?v=d8szYTb8C_E&t=80s आजको पञ्चांग आज मिति २०७६ फाल्गुन २१ गते बुधबार, इस्वीसंवत मार्च ४ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको नवमी तिथि ५ घटि ५७ पला अर्थात बिहानमा ८ बजेर ५० मिनेटसम्म त्यसउप्रान्त दशमी तिथि लाग्नेछ । आज आद्रा नक्षत्र, विष्कुम्भादि योगमा प्रीति, करणमा… पुरा पढौ

कास्की कारागारमा २ गुणा कैदीबन्दी

५ दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी छन् । पोखरामा रहेको कास्की कारागारमा ४ सय २० जनाको क्षमता भए पनि हाल विभिन्न प्रकृतिका मुद्दाका ८ सय ४७ जना कैदीबन्दी रहँदा असहज भएको छ । जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमका अनुसार कारागारमा विभिन्न २६ प्रकृतिका मुद्दामा १ आश्रित नाबालकसहित ६० महिला र ७ सय ८६ पुरुष छन् । तीमध्ये थुनुवा महिला २२, कैदी महिला ३८… पुरा पढौ

दशनामी युवा समितिको वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

नेपाल दशनामी युवा समिति कास्कीले पोखरा १४ स्थित वात्स्यायन वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै मंगलबार बिहान बाच्छीबुडुवा स्थित बृद्धाश्रममा स्वास्थ्य शिविर संचालन गरि वृद्धहरुको स्वास्थ्य परिक्षण गरेको हो । वृद्धीहरुलाई रमाईलो बनाउन नाँचगान, भजन किर्तन, नियमित व्यायाम लगाएतका कार्य गराउँदै आएको वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले बताए । उनले भने– " सबै जना खुसी साथ बस्नुभएको छ । कतिपयका छोराछोरी वा आफन्तले थाहा पाएर… पुरा पढौ

६ किलो सुनसहित १ भारतीय नागरिक पक्राउ

मकवानपुर प्रहरीले करिब ६ किलो अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुल मजिद अनेकल रहेका छन् । हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बस चेकजाँचका क्रममा मंगलबार बिहान सो सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । मजिदले बोकेको झोलाबाट मोटर पार्टसभित्र जडान हुने ब्यारिङ जस्तो देखिने चार थान, फलामको पाताजस्तो ब्यारिङ २ थान र फलामको मिट ब्यारिङ दुई थान गरी आठ… पुरा पढौ

जोमसोममा आगलागी पीडितलाई आर्थिक सहयोग

गत आईतबार मुस्ताङको जोमसोममा अचानक बिद्युत सट भई आगलागीका कारण आर्थिक धनजनको क्षती व्यवहोरेका पीडित परिवारलाई मंगलबार एक समारोहकाबीच राहत वितरण गरिएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोम ,नेरेसो मुस्ताङ ,जोमसोम गाउँ समाज र स्थानीय समाजसेवीहरुको पहलमा संकलित कुल १ लाख ५ हजार ५ सय रुपैया पीडित परिवारलाई बुझाईएको नेरेसो मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले जानकारी दिए । समाजमा भई परिआएको विपत्का घटनाबाट पीडित बनेकालाई राहत सहयोग र सान्त्वना प्रदान गर्ने उद्देश्यले… पुरा पढौ

पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालय भन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो । झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री… पुरा पढौ

बलात्कार आरोपी सिद्धबाबा कारागार चलान

बलात्कार अभियोगमा थुनामा राख्‍ने अदालतको आदेशलगत्तै भारत भागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा हाजिर भएका छन् । अदालतमा हाजिर भएका सिद्धबाबालाई आजै कारागार चलान गरिएको छ । गत माघ ९ गते उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश उल्ट्याउँदै थुनामा राख्‍ने आदेश दिएलगत्तै सिद्धबाबा भागेका थिए । भारतमा लुकेर बसेको करिब डेढ महिनापछि उनी मंगलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएका हुन् । उच्च अदालतले आफ्नो विपक्षमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं