अज्ञात समूहद्धारा २ जेसिभीसहित ६ गाडीमा आगजनी

कपिलवस्तु विजयनगर गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् ।

बुधवार राति कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा राखेको ना १ क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६ च ५२५० नम्वरको बोलोरो जिप र से १ क ७०, बा २ क १४७३ नम्बरको स्काभेटरमा आगजनी भएको हो ।

राति सडक बनाउन बस्ने कामदारको कोठामा बाहिरबाट चुकुल बन्द गरेर गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगो किन र कस्ले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले बताएका छन् ।