समाचार

बालोदय टोलमा नयाँ समिति

बालोदय मार्ग टोल विकास संस्था पोखरा १७ विरौटाको दोस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनले सुवेदार गुरुप्रसाद गुरुङको अध्यक्षतामा नयाँ समिति चुनेको छ । समितिमा उपाध्यक्ष दिवाकर शर्मा, सचिव सविता सुवेदी भण्डारी, सहसचिव कृष्णप्रसाद पौडेल र कोषाध्यक्ष रीता सुवेदी छन् । समितिका सदस्यमा हिमलाल पौडेल, डोलराज ढकाल, अप्सरा खत्री, पवित्रा मल्ल, शशि पौडेल र ठाकुर रानाभाट छन् । टोलका सल्लाहकाकारमा दुर्गादत्त पंगेनी, डा. टेकनाराण पौडेल, प्रवीण ढकाल, ऋषभ तिमिला, शुष्मा पौडेल,… पुरा पढौ

सदाशिव हरिहर मन्दिरमा नगेन्द्र

सदाशिव हरिहर मन्दिर पोखरा १७ सीतापाइलाको अध्यक्षमा नगेन्द्र शर्मा भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको मन्दिरको साधारणसभा तथा अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको हो । समितिमा उपाध्यक्ष देवीलाल भण्डारी, सचिव नेत्रलाल भण्डारी, कोषाध्यक्ष इशारा थापा र सहसचिव कलावती भण्डारी छन् । १ सदस्यीयपछि मनोनयन गर्ने गरी चुनिएको समितिका सदस्यमा सिबिन्द्रराज भण्डारी, लक्षुमण थापा क्षेत्री, अनिषा बराल, सूर्य थापा र दिलमाया भण्डारी रहेको निर्वाचन समिति सदस्य प्रेम थापाले… पुरा पढौ

आजको राशिफल (२०७६ फाल्गुन २४ गते शनिबार)

https://www.youtube.com/watch?v=d8szYTb8C_E आजको पञ्चांग आज मिति २०७६ फाल्गुन २४ गते शनिबार, इस्वीसंवत मार्च ७ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको त्रयोदशी तिथि ५४ घटि २१ पला अर्थात भोलि बिहान ४ बजेर ९ मिनेटसम्म त्यसउप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज अश्लेषा नक्षत्र, विष्कुम्भादि योगमा अतिगण्ड,… पुरा पढौ

टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ की मधु श्रेष्ठ रहेकी छन्।मोटरसाइकल चालक श्रीमान् ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज… पुरा पढौ

विश्वव्यापी आवधिक समिक्षा (UPR) को राष्ट्रिय परामर्श सम्पन्न

विश्वव्यापी आवधिक समिक्षा (UPR) को तेस्रो चक्रमा नेपालमा बालिका अधिकारको स्थिति सम्बन्धि प्रतिवेदन तयारीका लागी सरोकारवालाहरुसँग राष्ट्रिय परामर्श सम्पन्न भएको छ । बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालले जागृति बाल तथा युवा सरोकार नेपाल, स्वतन्त्रता अभियान नेपाल , ग्रर्स एडभोकेसी एलायन्स , ग्लोबल मार्चको सहयोगमा बाल मैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, सामाजीक सुरक्षा नागरिक समाज सञ्जाल , कन्सोर्टियम नेपाल , बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान , बाल संरक्षण सँजाल , यात्रामा… पुरा पढौ

अपाङ्ग महिला बलात्कार गरेको आरोपमा ९ वर्ष जेल

शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरेपमा जिल्ला अदालत उदयपुरले ९ वर्ष जेलसजाय र पीडितलाई ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताएका छन्। स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएका थिए। तत्कालै तामाङलाई प्रहरीले… पुरा पढौ

कोरोनाका कारण भक्तपुर महोत्सव स्थगित

भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ। पाँच दिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म आयोजना  हुँदै थियो। तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिकाले  महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरुलगायतका पक्षहरुसँग छलफल गर्ने तथा अन्य तयारीको कामलाई तीव्र पारेको थियो। महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी,… पुरा पढौ

आजको राशिफल (२०७६ फाल्गुन २३ गते शुक्रबार)

https://www.youtube.com/watch?v=d8szYTb8C_E&t=7s आजको पञ्चांग आज मिति २०७६ फाल्गुन २३ गते शुक्रबार, इस्वीसंवत मार्च ६ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको द्वादशी तिथि अहोरात्र रहनेछ । आज पुनर्वसु नक्षत्र, विष्कुम्भादि योगमा शोभन, करणमा बब अहोरात्र रहनेछ भने आनन्दादि योगमा लुम्व रहनेछ । सूर्य कुम्भ राशिमा,… पुरा पढौ

‘महिला हिंसा न्यूनीकरण गर्न पुरुषको ऐक्यवद्धता जरुरी’

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना हुँदै छन् । नेपालमा महिला हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । यसै सन्दर्भमा बिहीबार पोखरामा भएको एक कार्यक्रमका वक्ताहरुले महिला हिंसा कम गर्न पुरुषको ऐक्यवद्धता जरुरी हुने औंल्याएका छन् । पोखरा महानगरपालिकाको सहयोग, पोखरा १७ वडा कार्यालयको व्यवस्थापन र घारीकुलो आमा समूहको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा पोखरा १७ का करिब ७० जना सहभागी थिए ।… पुरा पढौ

गाउँपालिका अध्यक्षमाथि भ्रष्टाचार मुद्दा दायर

जाजरकोटस्थित जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले २५ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अध्यक्ष केसी र सोही गाउँपालिका वडा नम्बर ५ वडाध्यक्ष राजबहादुर शाहीले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। कमिसनका लागि केसी र शाहीले पटकपटक धम्की दिएको समेत अख्तियारले उल्लेख गरेको छ। अख्तियारको अनुसन्धानको क्रममा नगद लिएको, बैंक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं