सर्लाहीमा ड्युटीमा खटिएका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी घाइते भएका हुन् ।
सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको छ ।
घटना किन भयो भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिएका छन्।






