सेतीका मजदुर महिलालाई माक्स र कोरोनाबारे सचेतना

कोरोना संक्रमणको त्रास फैलिएपछि आइतबार परेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फरक तवरले मनाइएको छ ।

सभा, सम्मेलन, जमघट गर्नु जोखिमपूर्ण ठानिएका बेला कोरोना भाइरसको सम्भावित त्रासबाट जोगाउन र सचेत राख्न मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीले फरक तवरले कार्यक्रम ग¥यो ।

संस्थाले पोखराको सेती नदीमा बालुवा चालेर जीवन निर्वाह गर्ने करिब १ सय महिला मजदुर र बालबालिका संस्थाको अग्रसरतामा कोरोनाको संक्रमण, यसको अवस्था, जोगिने उपायबारे जानकारी दिइयो । कार्यक्रममा करिब १ सय जनालाई माक्ससमेत वितरण गरिएको छ ।

संस्थाका अध्यक्ष जुना केसीले विद्यमान परिस्थितिलाई मध्यनजर गरी फरक तवरले दिवस मनाइएको बताइन् । उनले सानै भए पनि कोरोनाको त्रास कम गराउने प्रयास गरेको उल्लेख गरिन् । केसीसहित संस्थाका सचिव विष्णु श्रेष्ठ, कोषाध्यक्ष मनमाया नेपाली, सदस्य सुशीला तिवारी, देवी थापा र प्रदेश अधिकृत मनकुमारी तिलिजा पुनले मजदुरहरुलाई सचेतना र माक्र्स वितरण गरेका थिए ।