समाचार

वीर सहिदहरूको सपनालाई साकार पार्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदले गरेको त्याग र बलिदानबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन्। सहिद दिवस, २०७६’ को सन्देश‌ जारी गर्दै उनले वीर सहिदहरूप्रति श्रद्धा, सम्मान व्यक्त गरेकी हुन् । उनले सन्देशमा देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर सहिदहरूप्रति श्रद्धा, सम्मान र स्मरण स्वरूप विविध रचनात्मक कार्यक्रमहरू गरी सहिद दिवस मनाउँदै आइएको उल्लेख गर्दै सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल… पुरा पढौ

आजको राशिफल (२०७६ माघ १६ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ माघ १६ गते बिहीबार, इस्वीसंवत जनवरी ३० तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको पञ्चमी तिथि अहोरात्र रहनेछ । आज उत्तरभाद्रपदा नक्षत्र, विष्कुम्भादि योगमा सिद्धि, करणमा कौलव रहनेछ भने आनन्दादि योगमा छत्र रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा मीन… पुरा पढौ

सरस्वती पूजा : किन र कसरी मनाउने ?

हामी सरस्वती पूजा मनाउँछौं । पूजआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं । त्यसको अर्थ के होला ? सरस्वती स्वरुपले के अर्थ राख्छ ? श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ । उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ… पुरा पढौ

दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु, छोरा घाइते

धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको जिप बुधबार एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी ४० वर्षीया पत्नी प्रमिला साहको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएका छन् ।… पुरा पढौ

अनलाइनबाट ठगी गर्ने गिरोह ६७ लाखसहित पक्राउ

मोरङ प्रहरीले फेसबुकमा अनलाइन पसल देखाएर ग्राहक ठगी धन्दा गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका निरन्जन प्रसाद आचार्य, खोटाङका शिवजी खड्का, देवी चौलागाई, सुनसरीकी भावना राई, सरिता परियार, वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्की रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ नगद, ३२ वटा नेपाली र ५ वटा भारतीय एटीएम, ५८ वटा चेकबुक, १५ वटा खाली चेकबुक, निरञ्जन प्रसाद आचार्यको नाममा… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन मरे दुई गैँडा

 चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेको हो । अर्काे एक गैँडा सुखीभार क्षेत्र नजीक मृतावस्थामा फेला परेको छ । उनका अनुसार सो… पुरा पढौ

विश्वशान्ति पुजालाई पर्यटन व्यवसायिको सहयोग

नेपाल पर्वतारोहण संघद्धारा अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा हुने तेश्रो विश्वशान्ति पुजा सफल बनाउन यहाँका पर्यटन व्यवसायिहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पुजा व्यवस्थापन समितिद्धारा आज पोखरामा आयोजित छलफल कार्यक्रममा व्यवसायिहरुले पोखराको प्रतिष्ठासंग जोडिएको पुजाले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै आवश्यक सहयोग गर्ने सामुहिक धारणा राखेका हुन । पुजा आयोजक समितिका संयोजक हरिध्वज तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेकिङएजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, होटल एशोसिएन… पुरा पढौ

गोली हानेर ३ भारतीय तस्करबाट ३२ किलो गाँजा बरामद

प्रहरीले मकवानपुरमा गोली हानेर ३२ किलो गाँजासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानार्भयाङस्थित पूर्वपश्चिम राजमार्गमा गाँजा तस्करीको सूचना पाएपछि प्रहरीले गाँजा तस्कर समात्न बुधबार बिहान साढे १२ बजे गोली चलाएको हो । बिआर ०६ जे ४४५८ नम्बरको भारतीय कारलाई रोक्न खोज्दा भागेपछि गोली चलाइएको हो । मनहरीबाट हेटौंडा जाँदै गरेको कार भैवडाँडातिर भाग्न खोज्दा दुई राउण्ड गोली चलाइएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन्… पुरा पढौ

ट्रिपरको ठक्करबाट प्रेमीको मृत्यु भएपछि प्रेमिकाले गरिन् आत्महत्या

सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कैउनकी प्रेमिकाले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएको शिहको प्रेमिका कालिकोट घर भई सुर्खेतस्थित मामाघरमा बस्ने अरुणा शाहीले घटनालगत्तै झुण्डिएर आत्महत्या गरेकी हुन् । सिंहका आफन्तजनका अनुसार लामो समय प्रेम सम्बन्धमा रहेका उनिहरु शाही मंगलबार दिउँसो ३ बजे काठमाडौं जाने भएपछि बिहानै शाहीलाई भेटेकी थिइन् । सिंहको ट्रिपरले… पुरा पढौ

७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आफ्नै ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। झापाको कानकाई नगरपालिका-१ का ३० वर्षीय बुबालाई रक्सी खाएर छोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। केही वर्षअघि आमा अर्कैसँग गएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आएकी बालिकालाई हजुरआमा पनि अशक्त रहेको अवस्थामा आफूसँग सुत्न बोलाएर करणी गरेका थिए। उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं