समाचार

सोमबारको व्रत किन बस्ने ? फाइदा के-के छन् ?

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो ।  यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । सोमबारको दिन ब्रत बस्दा र शिव भगवानको पूजा उपासना गर्दा लाभ हुने शिव पुराणमा उल्लेख गरिएको छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ ।… पुरा पढौ

क्यान इन्फोटेक फागुन दोस्रो साता, ५० हजारले हेर्ने अपेक्षा

क्यान कास्कीले फागुन ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० गर्ने भएको छ । ११औं संस्करणको क्यान इन्फोटेकको तयारी तीव्र बनाइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्यान कास्कीले यस पटक प्रदेशस्तरको सूचना प्रविधि मेला गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने संस्थाका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले बताए । ‘कम्प्यूटर तथा सूचना प्रविधिमा भएका अत्याधुनिक प्रविधिको जानकारी दिंदै… पुरा पढौ

साढे २ किलो सुनसहित ६ जना पक्राउ

रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन्। रसुवागढीबाट काठमाडौं जान लागेको ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागेको करिब १ करोड ६० लाख रुपैयाँ बराबरको सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ का नवाङ नुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा लामा, सुवास तामाङ, साङा शेर्पा र चालक दोलखाको तामाकोसी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन्। पुरा पढौ

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न आदेश

प्रहरीले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विमानस्थलमा जाँचका क्रममा यही माघ १ गते ड्युटीमा रहेको प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध उजुरी दिएकी थिइन् । पुरा पढौ

वडाध्यक्षसहित १६ जुवाडे पक्राउ

प्रहरीले जुवा खालबाट वडाध्यक्ष सहित १६ जुवाडेलाई पक्राउ गरेकको छ । कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जनालाई प्रहरीले आइतबार राति जुवाको खालबाट २२ लाख ८२ हजार नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका अन्य व्यक्तिहरुको विस्तृत विवरण यकिन हुन नसकेकोले पक्राउ परेका सबै जुवाडेलाई केहीबेरमा पत्रकार सम्मेलन गर्ने सार्वजनिक गर्ने प्रहरीले बताएको छ । वडाध्यक्ष शाही नेपाली कांग्रेसबाट गोदावरी नगरपालिका–१० मा विजयी जनप्रतिनिधि हुन्… पुरा पढौ

पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार घोषणा

तनहुँको बन्दीपुर गाउँपालिका ४ ठूलढुंगादेखि बन्दीपुर बजारसम्म केबलकार निर्माण गरिरहेको आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडले पर्यटन एवं उद्यशमील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । बन्दीपुर केबलकार प्रालिले हरेक वर्ष पुरस्कृत गर्ने गरी पुरस्कार घोषणा गरेको हो । पुरस्कार राशि १ लाखको सेयर छ । कम्पनीको पाँचौ साधारणसभाको अवसरमा माघ २५ गते पुरस्कार वितरण गरिने कम्पनी अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । पत्रकार छनोट गर्नका लागि कम्पनीका निर्देशक तारानाथ उपाध्यायको… पुरा पढौ

आँधीखोलाका युवा संगठित, अध्यक्षमा हरि ढकाल

आँधीखोला गाँउपालिकाका युवाको भेलाले हरि ढकालको अध्यक्षतामा आँधीखोला युथ क्लब गठन गरेको छ । भेलाले सर्वसम्मत ३३ सदस्यीय तदर्थसमिति बनाएको हो। समितिमा उपाध्यक्ष क्रमश पवनकाजी अधिकारी, दिपेन्द्र खड्का, महिला उपाध्यक्ष सारदा शर्मा, कोषाध्यक्षमा लीलाधर लामिछाने, सचिव लक्ष्मीप्रसाद ढकाल र सहसचिव भीमप्रसाद पौडेल छन् । संस्थाका सदस्यमा दीपेन्द्र पौडेल, शिवकुमार सुवेदी, सन्तोष सापकोटा, सृजना पौडेल, रबिन पौडेल, शिव पौडेल, पुरुषोत्तम पौडेल, मदन पौडेल, समुन्द्र कार्की, दीपक नेपाली, अमृत गुरुङ, शोभाकान्त ढकाल,… पुरा पढौ

आजको राशिफल (२०७६ माघ १३ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ माघ १३ गते सोमबार, इस्वीसंवत जनवरी २७ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको तृतीय तिथि अहोरात्र रहनेछ । आज शतभिषा नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा गर रहनेछ भने आनन्दादि योगमा अमृत रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा कुम्भ… पुरा पढौ

क्षत्री युवा समाजमा दिनेश

क्षत्री युवा समाज कास्की अध्यक्षमा दिनेशबाबु खड्का चयन भएका छन् । शनिबार भएको भेलाले पोखरा २८ का खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा अनिल बस्नेत, महिला उपाध्यक्ष प्रविना जिसी, प्रथम उपाध्यक्ष कुम्भसिह क्षत्री, द्वितीय उपाध्यक्ष अर्जुन अधिकारी, सचिव शर्मिला खड्का पाण्डे, कोषाध्यक्ष सरोज कुँवर, सहसचिव अजय क्षत्री र सहकोषाध्यक्ष अनिता बनिया कार्की चुनिए । समाजका सदस्यमा शैलेश बानिया, नारायण थापा, सिजनराज महत, सरिता केसी, कमला कार्की,… पुरा पढौ

२९ राउन्ड गोलीसहित पोखरा विमानस्थलबाट पक्राउ

२९ राउण्ड राइफलको गोलीसहित जहाज चढ्न लागेका व्यक्तिलाई कास्की पोखरा विमानस्थलबाटै पक्राउ परेका छन् । आइतबार यति एयरको उडानबाट काठमाडौं जाँदै गरेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाही २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित पक्राउ परेका हुन् । विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य बस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं