फागुन महिनाको भविष्यवाणी : यान दुर्घटना, राजनीतिक तनाव, प्राकृतिक विपत्ति !

नेपालबाट प्रकाशित हुने चर्चित पात्रो ‘सूर्य पञ्चांग’ ले २०७६ फागुन महिनामा यान दुर्घटना हुन सक्ने भनि भविष्यवाणी गरेको छ ।

यान दुर्घटना कहाँ हुँदैछ भन्ने खुलाइएको छैन । यद्यपि यो पात्रो नेपालकै भएकाले नेपालमै घटना हुन सक्ने भनि बुझ्न सकिन्छ ।

पञ्चांगकार ज्यो. पं. सूर्यप्रसाद ढुंगेलको सूर्य पञ्चांग–२०७६ को मासफल अन्तर्गत फागुन महिनाको मासफलमा ‘यान दुर्घटना’ हुन सक्ने भनि उल्लेख गरिएको छ ।

यसै मासफलमा राजनीतिक तनाव पनि बढ्नेछ भनि उल्लेख छ । फागुन महिनाको संक्रान्ति बिहीबार परेकाले जनताले सुख पाउने समेत उल्लेख गरेको छ ।

यसैगरी पहेंला वस्तुको मूल्य बढ्ने, धान्यादि वस्तु र खाद्यान्नको मूल्य सस्तो हुने पात्रोमा उल्लेख गरिएको छ । यसैगरी यात्रोमा प्राकृतिक विपद्ले हानी पुर्याउने समेत पात्रोमा औंल्याइएको छ ।

यता, ‘तोयानाथ पञ्चांग’ मा भने यो भन्दा केही फरक विषयवस्तु उल्लेख गरिएको छ । यस पञ्चांगमा फागुन महिनाको मध्यतिर मेघ गर्जनसहित बादल लाग्ने र झरी पर्ने सम्भावना औंल्याइएको छ । यसले नेपालको पश्चिमी र उत्तरी क्षेत्र प्रभावित हुने पात्रोमा उल्लेख छ ।

यो पात्रोमा निजामति कर्मचारीका कारण जनता निराश बन्ने, राजनीति माहोल राम्रो नहुने भविष्यवाणी गरेको छ ।

साथै आम्दानीको द्वार खुम्चिने र खर्च बढ्ने, रोधव्याधको प्रकोप नियन्त्रण गर्न मुस्किल पर्ने पात्रोमा उल्लेख छ ।

भिडियोमा पनि हेरौं