गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले यही माघ १२ गते हिमाल पारीको जिल्ला, जिल्ला प्रहरी कार्यालय मुस्ताङको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गरेका छन् ।
प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एव अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोन गरी प्रहरी सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउने उदेश्यले उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सोही क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा कार्यरत प्रहरी कर्मचारी, विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण तथा अवलकोन गरेका छन्।
निरिक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै नायव महानिरीक्षक घिमिरेले भौगोलिक विकटता र सिमित श्रोत साधनहरुको बावजुत पनि प्रहरीले उत्कृष्ठ कार्यसम्पादन गर्दै आईरहेको कुरा बताउँदै उनले इमान्दार, सक्षम र उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरुबाट मात्रै जनताको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने हुँदा कानूनको सर्वोच्चता र जनताको सर्वोपरितालाई आत्मसाथ गर्दै जनतालाई नै केन्द्रविन्दूमा राखी प्रहरी संगठनमा आई पर्ने चुनौतिहरुलाई व्यावसायिक तवरबाट सामना गर्दै कार्यक्षेत्रमा मन, वचन र कर्मले समर्पित रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
साथै उपलब्ध साधन श्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्दै समुदाय प्रहरी साझेदारीका माध्यमबाट प्रहरी र समुदाय बिचको समन्वय र सहकार्यमा समाजमा घटित अपराध र अपराधजन्य समस्याको पहिचान गरी सामधान गर्नुका साथै जनताको घरदैलोमा पुगी प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन हरेक प्रहरी कर्मचारी कटिवद्ध हुनुपर्ने समेत उनले बताएका छन् ।






