वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।
मंगलबार बिहान भे१प २१७८ नम्बरको मोटरसाइकललाई भे१ख २२४२ को टिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार कालीकोट महावै गाउँपालिका(३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको हो ।
मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिएका छन् ।






