महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत धरौतीमा रिहा भएकी छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा उनी ४ हजार धरौटीमा रिहा भएकी हुन् ।
माघ १ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्।
उजुरीका आधारमा राउतविरुद्ध प्रकाउपुर्जी जारी भएको थियो। राउत कार्यक्रमका शिलशिलामा देशबाहिर भएकाले सोमबार बिहान उनले प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्।






