समाचार

विवाहको ३ दिन अघि टिपरले किचेर मृत्यु

कञ्चनपुरको पूर्वपश्चिम महेन्द्रराजमार्गमा अन्तर्गत भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया युवती रमिता ९रोशनी०भट्टको घटनास्थलमै मृत्यु भएको हो । जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत रमिताको माघ १३ मा उनको विवाह हुँदै थियो । नजिकका आफन्त र साथीभाईलाई निम्तो दिन उनी गोबरैया डेराबाट साईकल… पुरा पढौ

आजको राशिफल (२०७६ माघ १० गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ माघ १० गते शुक्रबार, इस्वीसंवत जनवरी २४ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको चतुर्दशी तिथि अहोरात्र रहनेछ । आज उत्तरषाढा नक्षत्र, विष्कुम्भादि योगमा वज्र, करणमा नाग रहनेछ भने आनन्दादि योगमा आनन्द रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा मकर… पुरा पढौ

खोलाको किनारमा नवजात शिशुको शव फेला

चाबहिलस्थित धोवी खोलाको किनारमा सालनालसहितनवजात शिशुको शव फेला परेको छ । हेर्दा सात महिनामा जन्माएजस्तो देखिने शव कपडाले बेरेर फालेको अवस्थामा बिहीबार बिहान फेला परेको हो । शिशु कसैले जन्माएर फालेको हुनसक्ने आशंका गरिएको छ । शिशुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । शिशु कसले फालेको भन्नेबारे अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पुरा पढौ

गोष्ठीमा अमेरिका गएकी उपमेयर उतै लुकिन्

गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छन् । २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएकी दन्ता नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी थिइन् । नेपालीले कुनै खबर नपठाएको र जानकारी पनि नगराएको मेयरले जानकारी दिएका छन् । अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर… पुरा पढौ

चार वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले बुधबार पक्राउ गरेको हो । पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ । आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो । पुरा पढौ

स्कुल बस दुर्घटना हुदाँ १ को मृत्यु

विराटनगरमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा बिहीबार बिहान दुर्घटना हुदाँ विराटनगर १५ बस्ने वर्ष ३२ का सोही बसका सहचालक सानू साहको मृत्यु भएको हो । दुर्घटनामा अरु ६ विद्यार्थी घाइते भएका छन् । उनिहरुको विराटनगर स्थित न्युरो हस्पीटलमा उपचार भइरहेको छ। पुरा पढौ

मदिरा सेवनपछि छुरा हानेर आफ्नै साथिको हत्या

भक्तपुरमा मदिरा सेवनका क्रममा सामान्य विवाद हुदा आफ्नै साथिले छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ । बुधबार साँझ छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको मृत्यु भएको हो । ५ किशोरहरूले सल्लाहमा भक्तपुर नगरपालिका–६, भोलाछेंमा मदिरा सेवन गरेका थिए । मदिरा सेवनका क्रममा उनीहरूबीच सामान्य विवाद हुदाँ आफ्नै साथीले छुरा रोपेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्नको अभियोगमा १५ र १६ वर्षीय… पुरा पढौ

आजको राशिफल (२०७६ माघ ९ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ माघ ९ गते बिहीबार, इस्वीसंवत जनवरी २३ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको चतुर्दशी तिथि अहोरात्र रहनेछ । आज पूर्र्वाषढा नक्षत्र, विष्कुम्भादि योगमा हर्षण, करणमा शकुनि रहनेछ भने आनन्दादि योगमा धाता रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा धनु… पुरा पढौ

वन कार्यलयका प्रमुख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई घुस रकमसहित पक्राउ गरेको छ। वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् । पुरा पढौ

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। प्रहरीले मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान गर्दा चन्द समूहको सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको प्रहरीले जनाएको छ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं