नेपाल वायुसेवा निगमका दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् ।
व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् ।
विदेशीले महिनामा ४६ घण्टा मात्र जहाज उडाउँछन् भने नेपालीले महिनामा ९५ घण्टा जहाज उडाउने पाइलटहरुले बताएका छन् । विदेशीले हप्तामा दुई दिन छुट्टी पाउँछन् भने नेपालीले हप्तामा एक दिन मात्र छुट्टी पाउँछन् । त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन् ।विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउने पाइलटहरु बताउछन् ।
अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये ९ माघमा २५ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनानमा बुझाउनेमा वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जना छन् ।
एक सिनियर पाइलटका अनुसार ४० जनामध्ये २५ जनाले राजीनामा दिए पनि थप ८–१० जनाले केही दिनमै व्यवस्थापनलाई राजीनामा बुझाउने तयारी भइरहेको छ ।






