कञ्चनपुरको पूर्वपश्चिम महेन्द्रराजमार्गमा अन्तर्गत भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया युवती रमिता ९रोशनी०भट्टको घटनास्थलमै मृत्यु भएको हो ।
जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत रमिताको माघ १३ मा उनको विवाह हुँदै थियो । नजिकका आफन्त र साथीभाईलाई निम्तो दिन उनी गोबरैया डेराबाट साईकल चढेर बजार निस्किएकी थिइन्।
उनको शव महाकाली अस्पतालमा राखिएको छ। ठक्कर दिने टिपर र चालकलाइ नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।






