समाचार

आजको राशिफल (२०७६ माघ ७ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ माघ ७ गते मंगलबार, इस्वीसंवत जनवरी २१ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको द्वादशी तिथि अहोरात्र रहनेछ । आज ज्येष्ठा नक्षत्र, विष्कुम्भादि योगमा वृद्धि, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा मुद्गर रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा वृश्चिक… पुरा पढौ

तालामाराङ बजारमा आगलागी,लाखैंको क्षति

मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन्। ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ। त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए। आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन् । पुरा पढौ

प्रतिपक्षी दलका नेता पोखरेलको निधन

प्रदेश ५ प्रदेशसभाका सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको हो । प्रदेशसभामा ज्येष्ठ सदस्यसमेत रहेका पोखरेल एक वर्षदेखि क्यान्सरले थलिएका थिए। फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिएको थियो। लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो… पुरा पढौ

जबर्जस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा

नवलपुरको बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि ४० वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ । प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो । अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माघ २ गते बिहीबार साँझ सुस्लिङले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि मुद्दा चलाइएको हो ।… पुरा पढौ

अस्ताए धरानका पूर्व मेयर राई

विगत एक बर्षदेखि क्यान्सर रोगबाट पिडीत धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । क्यान्सरको उपचाररत ६० वर्षीय राई को सोमबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट धरान उपमहानगरपालिका मेयरमा निवार्चित भएका थिए । पुरा पढौ

चन्दननाथको चोरिएको मूर्ति ३ वर्षपछि फेला

प्रशिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्यमूर्ति चोरिएको तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट २०७३ मंसिर ८ गते रातिचोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मूख्य मूर्ति सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु खेतको आलीमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मूर्ति भेटिएपछि मुचुल्का उठाइ मन्दिरमा पुर्नस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिएका छन् । २०७३ मंसिर ८ गते राति… पुरा पढौ

बुद्ध र यति एयरलाइन्सका जहाज ठोक्किएपछि …

सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज आपसमा ठोक्किएका छन्। जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन् । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ। दुबै जहाजमा सामान्य क्षति भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

कास्कीका २ प्रहरी व्यारेक भवनको शिलान्यास

संगठन प्रमुख प्रहरी महनिरीक्षक सर्वेन्द्र खनालले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम कास्कीको हाताभित्र नव-निर्माण हुने प्रहरी व्यारेक भवनको एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् । नेपाल प्रहरीका भौतिक संरचनाहरुलाई व्यवस्थित एवम् सुविधा सम्पन्न बनाई जनमुखी प्रहरी सेवा प्रवाहमा थप सहजता प्रदान गर्न नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण हुन लागेका उक्त प्रहरी भवन अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीमा नव निर्माण हुने भवनको प्रहरी माहनिरीक्षक खनालले जगमा… पुरा पढौ

महानिरिक्षक खनालद्वारा परामर्श केन्द्रको उद्घाटन

समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत यही माघ ०५ गते पोखरा स्थित नयाँबजारमा नेपाल प्रहरी र पोखरा महानगरपालिकाको सहकार्यमा लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक नि(शुल्क “परामर्श सेवा केन्द्र” को संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । परामर्श केन्द्रको समुद्घानटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले लागूऔषध दुर्व्यशन कानूनी कारवाहीबाट मात्र रोकथाम र नियन्त्रण हुन नसक्ने भएकाले लागूऔषधको दुर्व्यसनमा फसेका युवा(युवतीहरुलाई परामर्शका माध्यमबाट समाजमा… पुरा पढौ

सुनगाभा युवा क्लबको रजत जयन्ती

स्याङजाको हरीनाश २ गुर्जामा रहेको सुनगाभा युवा क्लबले स्थापनाको २५ औ बर्षगाठको उपलक्ष्यमा रजत जयन्ती मनाएको छ । रजत जयन्तीको उपलक्ष्यमा वडा स्तरीय भलीवल प्रतियोगिता तथा विविध साँस्किृतिक कार्यक्रम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य खिम कुमार बि।क हिक्मतले युवा क्लवले समाज परीवर्तन र सचेतनाको लागि बिशेष भुमिका खेल्नुपर्न बताए । देशको भविष्य युवाहरुको भविष्य संग जोडिएको छ ,तर्सथ युवाहरु सधै सचेत भएर अगाडी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं