समाचार

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

जोमसोम–मध्यमुस्ताङ क्षेत्रको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका देखि उत्तरी क्षेत्रको भु–भागमा बिहिबार राती देखि भारी हिमपात भईरहेको छ । हिमपातले अघिल्लो पटक परेको हिउँ ओभाउन नपाउदै थप हिउँ परेकाले कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध भएको हो । हिमपात संगै सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने स्वदेशी तिर्थालुहरु कागबेनी देखि मुक्तिनाथ सम्म महङ्गो शुल्क तिरेर घोडामा यात्रा गर्न बाध्य भएका छन् । यसअघिको हिमपातले मुक्तिनाथ सडकमा हिउँ जमेपछि हलुका फोर ह्वील सवारी साधन मात्र मुक्तिनाथ जानसक्ने… पुरा पढौ

आजको राशिफल (२०७६ माघ ४ गते शनिबार)

आजको पञ्चांग आज मिति २०७६ माघ ४ गते शनिबार, इस्वीसंवत जनवरी १८ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको नवमी तिथि अहोरात्र रहनेछ । आज स्वाति नक्षत्र, विष्कुम्भादि योगमा धृति, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा सिद्धि रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा तुला… पुरा पढौ

नगरपालिकाले घर भत्काउँदा झडप

बाह्रबिसे बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ। नगरपालिकाले डोजर प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा बिहान ८ बजेबाट भत्काउन शुरु गरेको थियो। टहरा भत्काउने क्रममा बाह्रबिसेको खुर्सानीबारीमा झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए। यसअघि भत्काउन पटकपटक सार्वजनिक सूचना जारी गर्दा स्थानीयले घर टहरा नहटाएकाले डोजर प्रयोग गरिएको नगरपालिकाले जनाएको छ। अहिले नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधि, कर्मचारी, प्रहरीको उपस्थितिमा घर टहरा भत्काइएको हो। बजार कुरूप… पुरा पढौ

पोखरा १५ मा मेलमिलाप केन्द्र

पोखरा १५ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । पोखराकी उपमेयर तथा न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले शुक्रबार केन्द्र उद्घाटन गरिन् । उनले न्यायिक समितिले आफ्नो क्षेत्र अधिकारभित्र बसेर न्याय सम्पादन गर्ने बताइन् । महानगर र गाँउपालिकालाई एउटै प्रकृतिका विवाद दिँदा समस्या भएको उनले बताइन् । उनले महानगरपालिकामा हुन जुनजुन मापदण्ड कायम गरिएको हुन्छ,… पुरा पढौ

खगेन्द्रको निधनले दुःखी छु : मुख्यमन्त्री

विश्वकै होँचा व्यक्तिका रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापामगरको निधन आफू दुःखी भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् । थापामगरको शुक्रबार दिउँसो पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । शोक विज्ञप्ति निकालेर मुख्यमन्त्रीले थापामगरप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवार एवंं आफन्तजनमा समवेदना दिएका छन् । गण्डकी प्रदेशको बागलुङ जिल्ला, वरेङ गाउँपालिका वडा नं.१, धुल्लुवास्कोटमा खगेन्द्रको जन्म भएको थियो । धनमाया थापामगर र रुपबहादुर थापा मगरका पहिलो सन्तानका… पुरा पढौ

गायिका आस्था राउतविरुद्ध प्रहरी जवानको उजुरी

त्रिभुवन विमानस्थलमा जाँचका क्रममा गायिका आस्था राउतले आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी छिन् । विमानस्थलमा गायिका राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा जाहेरी दिएकी हुन् । बुधबार गायिका राउतले आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसवुकबाट लाइभमा गएर समग्र प्रहरीलाई संस्कार सिक्न समेत आग्रह गरेकी थिइन् । त्यसको केहीबेरमा नै उनले भिडियो हटाएकी… पुरा पढौ

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान १ दिन ५५ को बीमा

प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ । विसं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन बिहीबार मात्रै ५५ को बीमा गरिएको जनाइएको छ । नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा… पुरा पढौ

पर्यटक बोकेको बस दुर्घटना,२१ चिनियाँसहित ३३ घाइते

भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बस ठोक्किदा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट सौराहा जान आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित… पुरा पढौ

ऋण तिर्न नसकेपछि वडाअध्यक्षले गरे आत्महत्या

भारतको एक होटलमा मृत भेतिएका बाँकेको कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेको खुलासा भएको छ । पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा विष सेवन गरी आत्महत्या गरेका ६८ वर्षीय खड्काले सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख गरेका छन् । खड्काले विषादी सेवन गर्नु पहिले लखेको पत्रमा बैंकले ऋण चुक्ता गर्न पटक–पटक ताकेता गरेपछि तनाब झेल्न नसकेर आत्महत्या गरेको सुसाइट नोटमा… पुरा पढौ

ट्याक्टरले किचेर ६ बर्षीय बालकको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका(२ पुतली टोल बस्ने डिक बहादुर थापाको ६ बर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ । बिहिवार अपरान्ह साँढे ४ बजेको समयमा राम बहादुर दुलालको घरमा रहेको को २ त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । सव परिक्षणको लागि वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको साथै चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं