समाचार

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

बिहीबार रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएकोहो । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन भएपनि पानी पर्न नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पुरा पढौ

२२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस पोखरामा मनाइयो

“भुकम्पबाट सुरक्षित पुर्वाधार , दिगो सुख र समृद्धिको आधार “ भन्ने मुल नाराका साथ २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । गण्डकी प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रमहरु अन्तर्गत आज अर्थात माघ(०२ गते विभिन्न सचेतानामुलक नारा सहित प्रभात फेरी कार्यक्रम गरिएको छ । प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री माननिय हरि बहादुर चुमान समेत सहभागी… पुरा पढौ

आजको राशिफल (२०७६ माघ ३ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ माघ ३ गते शुक्रबार, इस्वीसंवत जनवरी १७ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको सप्तमी तिथि अहोरात्र रहनेछ । आज चित्रा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा सुकर्म, करणमा बब रहनेछ भने आनन्दादि योगमा मुशल रहनेछ । सूर्य मकर राशिमा,… पुरा पढौ

मौषमले आँखै खोलेन, पोखरा अन्धकारमय, भारी वर्षाको संकेत

पोखरामा ३ दिनदेखि निरन्तर झरी परिरहेको छ । माघ १ गते साँझदेखि पानी पर्न शुरु गरेको थियो । बिहीबार दिनभर भरि परिरह्यो । आज शुक्रबार पनि मौषम खुल्ने संकेत छैन । बिहान ९ बजे यो समाचार तयार पारिरहँदा पानी परिरहेको छ । पोखरा निकै अन्धकारमय भएको छ । वाहिरी वातावरणले गर्दा घरभित्र वत्ति बाल्नुपर्ने अवस्था सृजना भएको छ । मौषमले भारी वर्षा हुने संकेत गरेको छ । शनिबारसम्म यस्तै रहने… पुरा पढौ

‘विप्लवले झण्डा गाड्दैमा बालुवाटार कब्जा हुँदैन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटार ललिता निवासको सरकारी जग्गा विप्लव समूहले झण्डा गाड्दैमा कब्जा नहुने बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन्। बुधबार साँझ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रित्वको नेकपाले विवादित लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो। मन्त्री बाँस्कोटाले जग्गामाथि सरकार आफैँले छानबिन गरिरहेको भन्दै विप्लव… पुरा पढौ

रिसको आवेगमा वेद पढिँदैन :आस्था राउत

फेसबुकमा प्रहरीविरुद्ध राखेको धारणाप्रति गायिका आस्था राउतले माफी मागेकी छिन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि अपमानित व्यवहार गरेको आरोप लगाएकी हुन् । भद्रपुरमा ओर्लिनासाथ उनले गाडीबाटै फेसबुक लाइभमा प्रहरीलाई ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो रु’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् । उनले प्रहरी संगठनलाई ठूलाहरुले नै शुद्धिकरण गर्दै अनुशासन र नैतिकताको शिक्षा दिनुपर्ने बताएउदै ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग… पुरा पढौ

पोखरा मणिपाल अस्पतालमा चम्ल्याहा शिशुको जन्म

पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा शिशुको जन्म भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । उनले पहिलो बच्चा १.६ किलोग्राम तौलकी छोरी, दोस्रो १.३ किलो ग्रामको छोरा, तेस्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन्। गत आइतबार प्रसूतिका लागि मनिपाल भर्ना भएकी सुनीताको चारैजना शिशु र… पुरा पढौ

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको वार्षिक प्रतिवेदनले प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको उजागर गरेको हो । आयोगका कार्यालय प्रमुख बाराम खतिवडाले गत आर्थिक वर्षमा एक हजार २७७ भ्रष्टाचारको मुद्दा दर्ता भएकामध्ये धेरैजसो उजुरी स्थानीय सरकारविरुद्ध रहेको जानकारी दिए । उजुरीमध्ये धेरैजसो आर्थिक अनियमितता तथा गुणस्तरहीन विकास निर्माण आयोजनासँग सम्बन्धित रहेको जनाइएको छ । दर्ता भएका मुद्दामध्ये ६१० फछ्र्योट गरिएको र बाँकी… पुरा पढौ

दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतको आदेश

जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको छ । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी फरार रहेको प्रहरीले जनाएको छ । भिडियोमा पनि… https://www.youtube.com/watch?v=qgIgpU9MwU0 पुरा पढौ

ट्यांकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्यांकरको ठक्करबाट गएराति चितवनमा पैदलयात्रीको मृत्यु भएको छ। हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्यांकरले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। मृत्यकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं