समाचार

रेडक्रस पोखरा १७ उपशाखाको सभा

नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको १५ औं वार्षिक साधारणसभा मंगलबार भएको छ । सभामा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा सभापति डोलराज पाण्डेले रेडक्रसले निष्पक्षत भएर विपद् व्यवस्थापन र मानवीय सेवामा काम गर्दै आएको बताए । रेडक्रसकर्मी मानवीय पीडा कम गर्न निरन्तर लागिपर्नु पर्नेमा उनले जोड दिए । पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य राधिका शाही योगीले विश्वभर सञ्जाल रहेको रेडक्रसले प्रशंसनीय काम गरिरहेको बताइन् । उनले पोखरा १७ उपशाखाको भवन निर्माण… पुरा पढौ

स्थानीय तहमा सय रुपैयाँमा न्याय : उपप्रमुख गुरुङ

पोखरा महागनरपालिका वडा नम्बर ५ र ६ मा मेलमिलाप केन्द्र स्थापना भएका छन् । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै सुल्झाउन केन्द्र स्थापना गरेको हो । दुवै केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले सुरुआत गरिन् । उपप्रमुख गुरुङले न्याय प्रदान गर्ने विषय कठिन रहेको बताइन् । उनले न्याय सम्पादन गर्दा निष्पक्ष, तटस्थ र स्वतन्त्र रुपमा गर्नुपर्नेमा जोड दिइन् । उपप्रमुख गुरुङले विवाद समाधानको उत्तम… पुरा पढौ

माघेसंक्रान्ति : विशेषता र महत्व

धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्वपूर्ण पर्व हो माघे संक्रान्ति । ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने गर्छन्,… पुरा पढौ

भारतबाट चोरेर ल्याएको १ करोडसहित ३ पक्राउ

भारतबाट चोरी गरी ल्याएको १ करोड रुपैयाँसहित प्रहरीले कैलालीमा ३ जनालाई पक्राउ गरेको छ । भारतको दिल्लीबाट चोरी गरेको ल्याएको ६५ लाख भारतीय रुपैयाँ १ करोड ४ लाख नेपाली रुपैयाँ सहित जिल्ला प्रहरी कार्यालय कैलालीले बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका जहर सिंह थापा, सोही ठाउँकी मनाकुमारी खड्का , कैलालीको गौरिगंगा नगरपालिका २ की बिन्दाकुमारी थापालाई पक्राउ गरेको हो । भारतको दिल्ली निवासी विश्वेश्वर अग्रवालको कार्यालयबाट गरगहना र नगद चोरी भएको… पुरा पढौ

विष खुवाइ २ छोराको हत्या गर्ने आमालाई जन्मकैद

आफ्नै दुई छोराहरूलाई विष खुवाई हत्या गरेको अभियोगमा दैलेख जिल्ला अदालतले एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ । महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई आफ्नै छोरालाई विष खुवाइ हत्या गरेको अभियोगमा जिल्ला अदालत दैलेखका न्यायधीस दण्डपाणी लामि छानेको ईजलासले सोमबार जन्म कैदको फैसला सुनाएको हो । कल्पनाले ७५ कात्तिक १० गते दिउँसोको खाजा खाने समयमा खाजामा विष मिसाई आफ्नै नावालक दुई छोरालाई खुवाई हत्या गरेका थिए । विष… पुरा पढौ

स्रोत नखुलेको ९ लाख ९९ हजारसहित २ पक्राउ

स्रोत  नखुलेको ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनाले पक्राउ परेका छन् । पर्सा हिपरमाई गाउँपालिका-८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३८ वर्षीय राजु पौडेल चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट पक्राउ परेका हुन् । काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा।२ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पुरा पढौ

सार्वजनिक बसभित्र अश्लिल हर्कत गर्ने युवक पक्राउ

एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् । युवाले सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई महानगरीय अपराध प्रहरी महाशाखाले पक्राउ गरेको जानकारी दिएको छ । अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि… पुरा पढौ

एनसेलका २ टावरमा आगजनी

काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति अज्ञात समुहद्धारा आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आगजनी कस्ले गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

रोग निको पार्ने आश्वसनमा पाष्टरद्धारा बलात्कार

आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वसन देखाएर महिलालाई जबरजस्तीकरणी गरेका अभियोगमा पाष्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशी छन् । पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जबरजस्तीकरणी गरेको पीडित महिलाले उजुरीले दिएपछि उनलाई पक्राउ गरिएको हो । उनले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने र सम्बन्धबारे कसैसँग… पुरा पढौ

आजको राशिफल (२०७६ पौष २९ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ पौष २९ गते मंगलबार, इस्वीसंवत जनवरी १४ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको चतुर्थी तिथि अहोरात्र रहनेछ । आज मघा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा आयुष्मान, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा काल रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं