अनैतिक यौन क्रियाकलापमा संलग्न ७३ जनालाई नयाँ बसपार्क क्षेत्र गंगबुबाट प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले मंगलबार दिउँसो नयाँ बसपार्क क्षेत्रका होटलहरुमा छापा मार्दा यौन क्रियाकलापमा संलग्न ४३ पुरुष, २५ युवती र ५ तेस्रोलिङ्गीलाई पक्राउ गरेको हो।
नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिएका छन्।
पक्राउ परेकाहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






