रोजगारको सिलसिलामा कोरिया पुगेका पाँचथरका युवाले आत्महत्या गरेका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत २१ महिनाअघि दक्षिण कोरिया पुगेका पाँचथर फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेका हुन्।
कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए ।
बेलुकाको खाना खाएर साथीहरुसँग एउटै कोठामा सुतेका राई बिहान उठ्दा कम्पनीभित्रै झुण्डिएको अवस्थामा भेटेको र उनकोको आत्महत्याको कारण भने नखुलेको सोलमा रहेको नेपाली दूतावासले जनाएको छ ।






