ट्याक्टरले किचेर ६ बर्षीय बालकको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका(२ पुतली टोल बस्ने डिक बहादुर थापाको ६ बर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।

बिहिवार अपरान्ह साँढे ४ बजेको समयमा राम बहादुर दुलालको घरमा रहेको को २ त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सव परिक्षणको लागि वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको साथै चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।