माघ ३ गते २०७६

ताजा समाचार

माघ ३ गते २०७६

गायिका आस्था राउतविरुद्ध प्रहरी जवानको उजुरी

त्रिभुवन विमानस्थलमा जाँचका क्रममा गायिका आस्था राउतले आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी छिन् ।

विमानस्थलमा गायिका राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा जाहेरी दिएकी हुन् ।

बुधबार गायिका राउतले आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसवुकबाट लाइभमा गएर समग्र प्रहरीलाई संस्कार सिक्न समेत आग्रह गरेकी थिइन् । त्यसको केहीबेरमा नै उनले भिडियो हटाएकी थिइन् ।

उनको उजुरीलाई विमानस्थल प्रहरी कार्यालयले कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।