माघ ३ गते २०७६

ताजा समाचार

माघ ३ गते २०७६

खगेन्द्रको निधनले दुःखी छु : मुख्यमन्त्री

विश्वकै होँचा व्यक्तिका रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापामगरको निधन आफू दुःखी भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् । थापामगरको शुक्रबार दिउँसो पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

शोक विज्ञप्ति निकालेर मुख्यमन्त्रीले थापामगरप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवार एवंं आफन्तजनमा समवेदना दिएका छन् । गण्डकी प्रदेशको बागलुङ जिल्ला, वरेङ गाउँपालिका वडा नं.१, धुल्लुवास्कोटमा खगेन्द्रको जन्म भएको थियो ।

धनमाया थापामगर र रुपबहादुर थापा मगरका पहिलो सन्तानका रुपमा २०४९ साल असोज १८ गते उनी जन्मेका थिए । थापामगरले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।