१० रुपैयाँमा खाना ! त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव बनाएका छन् नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले ।
बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका छन् । सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर १० मै एक छाक खाना बाँड्ने गरिएको छ । ५ सयसम्म सर्वसाधारण खाना खान पुग्छन् ।
“आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन्, खानामा भात, दालका साथै मिठाई पनि दिइन्छ”, उनले भने ।
६९ वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी हुन् । उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै गर्थे ।






