सामाजिक अध्ययन मञ्चको हाजिरीजवाफमा १६ स्कुल छानिए

सामाजिक अध्ययन मञ्च कास्कीले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय सामाजिक अध्ययन हाजिरजवाफ प्रतियोगितामा गण्डकी प्रदेशका संस्थागत तथा सामुदायिक गरी ४५ विद्यालयबीच प्रतिस्पर्धा भएको छ ।

शनिबार भएको प्रतिस्पर्धाबाट १६ विद्यालय छानिएका छन् । आइतबार १६ विद्यालयबीच फाइनल प्रतिस्पर्धा हुने सामाजिक अध्ययन मञ्च कास्कीका अध्यक्ष दिनेश अर्यालले बताए ।

मदरल्यान्ड माविका संस्थापक निर्देशक डा. त्रिभुवन शर्मा बराले सामाजिक विषयसँग सम्बन्धित हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीलाई समसामयिक र सामाजिक विषयवस्तुमा रुचि बढ्ने बताए ।

संस्थाका अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङ, मदरल्यान्ड माविका प्रिन्सिपल नारायण बराल, संस्थाका निवर्तमान अध्यक्ष तथा रिडमोर सामाजिक अध्ययन हाजिरीजवाफ प्रतियोगिताका संयोजक टेकनाथ पौडेल लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष शकुन्तला पौडेलले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव गोविन्द काफ्ले गरेका थिए । हाजिरीजवाफको फाइनल आईतबार उद्य ोग, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालको प्रमुख आथित्यतामा हुने सचिव काफ्लेले जानकारी दिए ।