नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट १ हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र रवि आलेमगर आइतबार बिहान पक्राउ परेका हुन् ।

नक्कली नोट झोलामा बोेकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।