मकवानपुरको होटलमा ८ भारतीय पर्यटक बेहोस फेला

मकवानपुरको थाहा नगरपालिकास्थित एक रिसोर्टमा मंगलबार भारतीय ४ महिला र ४ पुरुष अचेत अवस्थामा फेला परेका छन्।

थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक मंगलबार अचेत अवस्थामा भेटिएका हुन् ।

दुई कोठा लिएर बसेका भारतीय पर्यटक ग्यास हिटर बालेर सुतेका कारण बेहोस भएको हुनसक्ने अनुमान गरीएको छ ।

अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन। उनीहरूलाई हेलिकौपटबाट काठमाडौं ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।