माघ ७ गते २०७६

ताजा समाचार

माघ ७ गते २०७६

सोनाम ल्होसारमा सार्वजनिक विदा

सोनाम ल्होसार पर्वको अवसरमा बागमती प्रदेशमा सार्वजनिक विदा दिइने भएको छ।

गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

तामाङहरूको ठूलो चाड सोनाम ल्होसार बागमती प्रदेशको एक प्रमूख पर्व भएकाले सो दिन सार्वजनिक विदा दिन लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।