धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ ।
मंगलबार राति सानुबहादुर लामा ९सान्ता० र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते शान्ता तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ स्थित ग्रीन सिटी अस्पताल लगिएको छ।
मंगलबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा समूहमा आएको टोलीले खुकुरी र ढुंगामुढा प्रहार गरेको शान्ताका आफन्तहरुले बताएका छन् । दुई समूहकाबीच पहिलेदेखि जारी रहेको आपसी विवादको कारण झडप भएको हुन सक्ने प्रारम्भिक अनुुन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा धादिङकै नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।






