माघ ७ गते २०७६

ताजा समाचार

माघ ७ गते २०७६

मकवानपुरको पानोर रिसोर्टमा बेहोस ८ भारतीयको मृत्यु

मकवानपुरको थाहा नगरपालिकास्थित पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेतिएका ८ भारतीय पर्यटकको मुत्यु भएको छ ।

बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका ८ जना भारतीयको मृत्यु भएको हो ।भारतबाट नेपाल घुम्न आएका १५ भारतीय नागरिकको समूहले पनोरमा रिसोर्टका दुई कोठा लिएका थिए। एउटा कोठामा ८ र अर्को कोठामा ७ जना बसेका थिए।

तीमध्ये ८ जना बसेका कोठाका सबै जना मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् भने ‘अर्को कोठामा बसेका ७ जना भने सकुशल छन् ।

राति ग्यास हिटर बालेर सबै झ्याल बन्द गरी सुतेकाले निस्सासिएर उनीहरू बेहोस भएको हुन सक्ने अनुमान गरिएको छ । तर यकिन कारण खुल्न बाँकी छ।