विप्लवका पूर्व केन्द्रीय सदस्य लोहनी पुनः पक्राउ

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी चितवनबाट पुनः पक्राउ परेका छन् ।

नेपाल प्रहरीको विषेश व्युरोले लोहनीलाई चितवनको आदर्शनगरबाट सोमबार साँझ पक्राउ गरेका हो। ब्युरोले लोहनीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको छ । पुनः चन्दा उठाउन थालेको सूचना पाएपछि नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालको निर्देशनमा व्युरोले लोहनीलाई पक्राउ गरेको हो ।

यस अघि पक्राउ परेरका लोहनी दिर्घरोगी रहेको भन्दै सामान्य तारेखमा छुटेका थिए । अस्वस्थ रहेको कारण लोहनीले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।