माघ ७ गते २०७६

ताजा समाचार

माघ ७ गते २०७६

लेखापरीक्षक खोलामा मृत फेला

विराटनगरको लेखा परिक्षक खोलामा डुवेको अवस्थामा मृत फेला परेका छन् ।

विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव मंगलबार बिहान सिंघीया खोलामा डुबेको अवस्थामा फेला परेको हो ।

सोमबार बेलुका साथीले बोलाएपछि घरबाट निस्किएका उनी नफर्किएपछि आफन्तले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए । स्थानीय बासिन्दाले खोलामा पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेका हुन ।

कपडा र जुत्ता लगाएको अवस्थामा मृत भेटिएका घिमिरेको साथमा पैसा राख्ने पर्स र मोटरसाइकलको चाबी पनि फेला परेको छ ।

शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।