माघ ७ गते २०७६

ताजा समाचार

माघ ७ गते २०७६

मोदी र ओलीलद्धारा आईसीपीको उद्घाटन

नेपाल–भारत सीमा क्षेत्र विराटनगरमा अवस्थित एकीकृत भन्सार जाँच चौकी नेपाल र भारतको दुई प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत मंगलबार उद्घाटन गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट आईसीपी (इन्टिग्रेटेट चेक प्वाइन्ट) को संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

आजदेखि सञ्चालनमा आएको भन्सार चौकीले आयात निर्यातमा सहयोग गर्ने अपेक्षा गरिएको छ। दुईतर्फी जाँच हुनेमा अब एकै स्थानमा हुने भएकाले भन्सारमा आयातनिर्यात प्रक्रियामा सहज हुनेछ। जोगबनी र भन्सार क्षेत्रमा लाग्ने घण्टौंको भीड अन्त्य हुने बताइएको छ।

गोरखा र नुवाकोटमा भूकम्पपछि भत्किएका ५० हजार आवासिय भवन निर्माणका लागि भारतले अनुदान सहयोग गरेको थियो। ती घरहरुको हस्तान्तरण पनि आजै गरिएको छ।नेपालको विकासमा भारत विश्वसनीय साझेदार भएको रआगामी दिनमा पनि सहकार्य गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।