विद्यार्थीलाई समृद्ध रुपा क्लबको साथ

समृद्ध रुपा क्लबले कालिका मावि रुपा १ स्यास्त्रिमा विद्यार्थीलाई सहयोग गरेको छ । क्लबले १५८ बिधार्थिलाई विधालय पोषाक बितरण तथा पोषाक सिलाउन प्रति बिधार्थि ३ सय वितरण गरेको हो ।
कार्यक्रममा नेकपा कास्की कार्यालय सदस्य दामोदर बैरागीले समृद्ध रुपा कास्की जिल्लामै उत्कृष्ट सामाजिक संस्था भएको बताए । उनले समर्पित र लगनशील भएर सफलता हासिल गर्न विद्यार्थीलाई आग्रह गरे ।

राष्ट्रिय युवा संघका नेता पूर्ण लामाले युवाले गरेको नेतृत्व सफल भयरै छाड्ने बताए । क्लबका अध्यक्ष राजन सुवेदीले नभई समृद्धिका लागि सबै नागरिकले योगदान गर्नुपर्नेम जोड दिए । उनले यस्ता कार्यक्रम लियर गाउँपालिकाका सबै विद्यालयमा क्लब पुग्ने प्रतिवद्धता गरे ।

राष्ट्रिय युवा संघ पोखरा महानर अध्यक्ष मोहन सुवेदीले क्लबले आफूमा समेत ऊर्जा भरेको सुनाए । समारोहमा क्लबलाई सहयोग गर्ने छुसाङ १ मुस्ताङका लाला गुरुङ र रुपा १ कास्कीका ई महेन्द्रबहादुर गोदारलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम विधालयमा ल्याउन महत्त्वपूर्ण सहयोग गरेको भन्दै बिधालयले संस्थाका कोषाध्यक्ष हरिकला गौतम, सहसचिव कपिल पौडेल , सदस्यहरु बिमला खनाल र रमेश ओझालाई सम्मान गरेको थियो । सो अवसरमा तिलकबहादुर खड्का र अञ्जु श्रेष्ट गोदारलाई आजिवन सदस्यको प्रमाणपत्र प्रदान गरियको थियो ।

समृद्ध रुपा क्लबका सदस्य एब वडा न १ कि संयोजक बिमला खनालको अध्यक्षयतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि , रेडक्रस थुम्की उपशाखाका सभापति तिलक खड्का, जनप्रतिनिधि गणेशकुमार श्रेष्ठ , बिधालय ब्यबस्थापन समिति अध्यक्ष बुद्धिबहादुर खड्का, क्लबका सहसचिव कपिल पौडेल, सचिव निलकण्ठ रेग्मि लगायतले बोलेका थिए ।