बोराको थुप्रोले थिच्दा एकै परिवारका ४ जनाको मृत्यु

बोराको थुप्रोले थिच्दा भैरहवामा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

भारतको बिहार घर भई १२/१५ वर्षदेखि सिद्धार्थनगर नगरपालिका वडा नं-६ गल्लामण्डीमा भाडामा बस्दै आएका ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजाको मृत्यु भएको हो ।

घरमा आफैंले संकलन गरेर राखेको बोराका चाङले घेरिएको साँघुरो स्थानमा सुतिरहेका उनिहरुलाई बोराको थुप्रोले च्यापिरहेको अवस्थामा प्रहरीले बिहीबार विहान फेला पारेको थियो ।

कवाडीका बोरा जम्मा गर्ने र सिलाएर बिक्री-बितरण गर्दै आएका हुसेन परिवारलाई सुतेको बेला बोराको खात खसेर च्यापिदा निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ।

उनीहरुको शव पोस्टमोर्टमको लागि भैरहवास्थित भिम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।