समाचार

रोजगारको प्रलोभन देखाई भारत लैजाँदै गरेका २ युवतीको उद्धार

नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । अभियुक्तले काभ्रेपलाञ्चोक घर भएका… पुरा पढौ

अनाथ बालबालिकालाई सहयोग

सरस्वती पुजा अर्थात श्रीपन्चमीको अवसर पारेर एस.टी.क्रियशन म्यानेजमेन्ट प्रा.लिको सदस्यहरुले संयुक्त रुपमा अनाथ तथा असाहाय बालबालिकाहरुलाई शैक्षिक सामााग्री, लत्ता कपडा, खाध्यन्न सामाग्री सहित नगद सहयोग प्रदान गरेको छ । पोखरा १५ टुटुङ्गामा अवस्थित सृजनशील बालविकास बाल गृहमा आश्रीत १५ जना बालबालिकाहरुको शैक्षिक क्षेत्रमा प्रगति होस भन्ने उदेश्यले सहयोग कार्यक्रम आयोजना गरेको उक्त सहयोग कार्यक्रमका संयोजक आशिष पुरीले जानकारी दिए । विगत ५ वर्षदेखि पोखरामा रहेर इभेण्ट अयोजना सँगै म्यानेजमेण्ट लगायत… पुरा पढौ

आजको राशिफल (२०७६ माघ १७ गते शुक्रबार)

फागुन महिनाको मासफल https://www.youtube.com/watch?v=MLOysE5RCvw&t=4s आजको पञ्चांग आज मिति २०७६ माघ १७ गते शुक्रबार, इस्वीसंवत जनवरी ३१ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । आज रेवती नक्षत्र, विष्कुम्भादि योगमा साध्य, करणमा गर रहनेछ भने आनन्दादि योगमा श्रीवत्स रहनेछ । सूर्य… पुरा पढौ

ढुंगेसाँघु मार्गमा खुल्यो किड्स प्याराडाइज मन्टेसरी

पोखरा १७ को ढुंगेसाँघु मार्गमा किड्स प्याराडाइस मन्टेसरी एन्ड चाइल्ड केयर खुलेको छ । सरस्वती पूजाको अवसरमा बिहीबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले छात्र अर्पण पौडेललाई क लेख्न सिकाएर मन्टेसरी सुरुआत गरेकी हुन् । शर्माले सरस्वती पूजाको पवित्र दिनमा पवित्र कार्य सुरुआत हुनु प्रशंसनीय भएको बताइन् । उनले बालमैत्री र देशको आवश्यकता अनुसारको शिक्षा प्रदान गरी भूमिका निर्वाह गर्न अनुरोध गरिन् । उनले भनिन्, ‘देशका योजनाकार, अभियान्ता, नेता… पुरा पढौ

७६ हजारको चेक किर्ते गरी २० लाख निकाल्ने पक्राउ

चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुरको षडानन्द गाउँपालिका-११ घरएका काठमाडौंस्थित ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यलय सचिव सन्तोष घिमिरेलाई हस्ताक्षर भइसकेको चेकमा अंक र अक्षर थप गरेर बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सिदार्थ बैंक कुलेश्वर शाखाबाट पुस ९ गते जारी भएको चेक नं। ००२१४२२५५३१८०१ मा ६७ हजार ९ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा… पुरा पढौ

गैंडाको खागसहित २ पक्राउ

काठमाडौँको चाबहिलबाट गैंडाको खागसहित प्रहरीले दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेको छन् । चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

बोराको थुप्रोले थिच्दा एकै परिवारका ४ जनाको मृत्यु

बोराको थुप्रोले थिच्दा भैरहवामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । भारतको बिहार घर भई १२/१५ वर्षदेखि सिद्धार्थनगर नगरपालिका वडा नं-६ गल्लामण्डीमा भाडामा बस्दै आएका ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजाको मृत्यु भएको हो । घरमा आफैंले संकलन गरेर राखेको बोराका चाङले घेरिएको साँघुरो स्थानमा सुतिरहेका उनिहरुलाई बोराको थुप्रोले च्यापिरहेको अवस्थामा प्रहरीले बिहीबार विहान… पुरा पढौ

अग्रज पत्रकार पन्नालाल गुप्ताको निधन

बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । ९२ वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो। केही वर्षयता अस्वस्थ रहेका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो। सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उनको निधन भएको बताएका छन् । नेपालगञ्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका सेनानी गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गरेका थिए। पत्रकारितामा… पुरा पढौ

ललितपुरमा एक दम्पतीको निसास्सिएर मृत्यु

ललितपुरमा एक दम्पतीको निसास्सिएर मृत्यु भएको छ। ललितपुर(१४ विशालचौकस्थित फिट एण्ड फाइन जिमखानाको साउनामा वाफ लिन गएका श्रीमान(श्रीमती ४० वर्षीय हस्त मगर र ३७ वर्षीया नेत्रकुमारी मगरको बुधबार राति मृत्यु भएको हो । जिम सकेर साउना बाथ लिन गएको उनीहरू राति करिब ९ बजे बेहोस अवस्थामा भेटिएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि पाटन अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मृतक हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव… पुरा पढौ

निर्मला प्रकरणः डेढ वर्षमा फेरिए ५ अनुसन्धान अधिकृत

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ। शुरुआतको समयमा अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित)… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं