वागलुङमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

श्रीमतीको कुटाइबाट वागलुङमा श्रीमानको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका–१ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहिबार राति रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा भित्ताको ढुङ्गामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।