यात्रीबसको वार्षिक उत्वसव वृद्घाश्रममा।

यात्रीबस प्रा.ली ले आफ्नो वार्षिक उत्वसव पोखरा ३२, को राधाकृष्ण वृद्घाश्रममा मनायको छ। सयबर्ष भन्दा वृद्धा आमा मानकुमारी श्रेष्ठका हातबाट केककाटेर उत्वसव मनाईको हो। सो अवसरमा उक्त वृद्धाश्रममा यात्रीवसका सञ्चालक सहित परिवारले सयुुक्त दिवा भोजनको आयोजना गरेको थियो ।

प्रा लि को पहिलो बर्षगाठको अबसरमा आयोजित कार्यक्रममा वृद्धाश्रमलाई आबस्यक खाद्यान्न हस्तान्तरण गरिएको थियोे ।संस्थाका अध्यक्ष सोम बहादुर थापा को अध्यक्षतामा भएको कार्यक्रम सन्जय कान्त सिग्देलले संचालन गर्नु भयको थियो। खाद्यान्न समाग्री ग्रहण गर्दै वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले धन्यवाद ज्ञापन गर्नुभएको थियो। संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै वृद्धाश्रममा सहयोग गरेको र आगामी दिनहरूमा पनि यस्तै रचनात्मक कार्य गर्ने संस्थाका संचालक सन्जय कान्त सिग्देलले बताउँनु भयो ।