वडा कार्यालयमा आगजनी

सल्यानको कपुरकोट गाउँपालिका ५ रिमको सितलबजारस्थित वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

ढोकामा लगाएको ताला फोडेर गरेको आगजनीबाट कार्यालयका पन्जीकरणसम्बन्धी सम्पूर्ण कागजपत्रसहित महत्वपूर्ण सामग्री कम्प्युटर, प्रिन्टर, सोफा, दराज, लगायत जलेर नष्ट भएका छन् ।

शुक्रबार बिहान १० बजे कार्यालय खोल्दामात्रै आगजनी भएको थाहा पाइएको वडा कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले भने घटना कसले घटाएको भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।