ललितपुरमा एक दम्पतीको निसास्सिएर मृत्यु

ललितपुरमा एक दम्पतीको निसास्सिएर मृत्यु भएको छ।

ललितपुर(१४ विशालचौकस्थित फिट एण्ड फाइन जिमखानाको साउनामा वाफ लिन गएका श्रीमान(श्रीमती ४० वर्षीय हस्त मगर र ३७ वर्षीया नेत्रकुमारी मगरको बुधबार राति मृत्यु भएको हो ।

जिम सकेर साउना बाथ लिन गएको उनीहरू राति करिब ९ बजे बेहोस अवस्थामा भेटिएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि पाटन अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतक हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हुन्।

जिम स‌ञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको परिसर प्रवक्ता एसपी दुर्गा सिंहकाले जानकारी दिएका छन् ।