७६ हजारको चेक किर्ते गरी २० लाख निकाल्ने पक्राउ

चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुरको षडानन्द गाउँपालिका-११ घरएका काठमाडौंस्थित ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यलय सचिव सन्तोष घिमिरेलाई हस्ताक्षर भइसकेको चेकमा अंक र अक्षर थप गरेर बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सिदार्थ बैंक कुलेश्वर शाखाबाट पुस ९ गते जारी भएको चेक नं। ००२१४२२५५३१८०१ मा ६७ हजार ९ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उनले रकम निकालेका थिए ।

कार्यालय प्रयोजनका लागि जारी भएको चेकमा किर्ते गरी बढी रकम निकालेर उनी फरार भएसँगै आवास व्यवस्थापन समाजले उनीविरुद्ध कालीमाटी वृत्तमा उजुरी दिएको थियो ।

उक्त कार्यालयका कार्यालय सचिव सन्तोष घिमिरेबाटै कीर्ते भएको ठहर गर्दै उनलाई बल्नुस्थित डेराबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनको डेराबाट १८ लाख रुपैयाँ नगद बरामद भएको छ ।

घिमिरेलाई नियन्त्रण राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।