गैंडाको खागसहित २ पक्राउ

काठमाडौँको चाबहिलबाट गैंडाको खागसहित प्रहरीले दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेको छन् ।

चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।