बालोदय टोलमा नयाँ समिति

बालोदय मार्ग टोल विकास संस्था पोखरा १७ विरौटाको दोस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनले सुवेदार गुरुप्रसाद गुरुङको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।

समितिमा उपाध्यक्ष दिवाकर शर्मा, सचिव सविता सुवेदी भण्डारी, सहसचिव कृष्णप्रसाद पौडेल र कोषाध्यक्ष रीता सुवेदी छन् ।

समितिका सदस्यमा हिमलाल पौडेल, डोलराज ढकाल, अप्सरा खत्री, पवित्रा मल्ल, शशि पौडेल र ठाकुर रानाभाट छन् । टोलका सल्लाहकाकारमा दुर्गादत्त पंगेनी, डा. टेकनाराण पौडेल, प्रवीण ढकाल, ऋषभ तिमिला, शुष्मा पौडेल, डिएसपी खड्कबहादुर खत्री र दिलमाया गुरुङ छन् ।
कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले टोलबाटै विकासको सुरुआत हुने भएकाले सचेत र सक्रिय टोलवासी भए विकास सहज हुने बताए । उनले पोखरा १७ लाई समृद्ध र नमुना बनाउने गरी काम भइरहेको उल्लेख गरे ।

पोखरा महानगरका कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले विकास, निर्माण, चेतना र सभ्यताको जग टोलबाटै सुरु हुने बताइन् । उनले भनिन्, ‘परिवार र टोलबाटै वडा, नगर, देश समृद्धिको बाटोमा जाने हुन् । टोलबासी जागरुक भए चाडै समृद्धि सम्भव हुन्छ ।’

संस्थाका अध्यक्ष गुरुप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकारहरु दुर्गादत्त पंगेनी, डा. टेकनारायण पौडेल, शुष्मा पौडेल र ऋषभ तिमिला, नमुना टोल विकास संस्थाका अध्यक्ष भगवती बराल, संकल्प आमा समूहका अध्यक्ष मेनुका पोखरेल, टोलका उपाध्यक्ष दिवाकर शर्मा, सचिव सविता सुवेदी भण्डारी लगायतले बोलेका थिए ।