गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई काठमाडौं ल्याइएको छ ।
बुधबार साँझ भएको दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको थियो भने सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित, कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएका थिए ।
घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेर गम्भीर घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ ल्याइएको हो ।






