जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोराना भाइरसको संक्रमणबाट जोगिन भीडभाडमा नजान आग्रह गरेको छ।
सार्वजनिक सूचना जारी गर्दै प्रशासनले भेला,सम्मेलन नगर्नसमेत सूचित गरेको छ। दक्षिण एसियामा कारोना संक्रमण बढेसँगै काठामाडौं प्रशासनले अर्को निर्णय नभएसम्मका लागि मेला,उत्सव नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।







